दफा ४१
साहूले रकम दिन सक्ने
: (१) खारेजीमा परेको कम्पनीले कुनै काम कारबाही गर्दा साहूहरूलाई हित हुने वा लाभ पुग्न सक्ने भएमा सो काम गर्न त्यस्तो कम्पनीको साहूले लिक्विडेटरलाई सापटीस्वरूप रकम दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लिएको रकम त्यस्तो काम कारबाहीबाट प्राप्त रकमबाट नै भुक्तानी गर्नु पर्नेछ ।
(३) कम्पनीले स्वीकार गरेको ऋणको दाबी रकमसमेत उपदफा (१) बमोजिम प्राप्त रकमबाट भुक्तानी गर्ने आदेशका लागि कुनै साहूले अदालतमा निवेदन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन परेकोमा उपदफा (१) बमोजिमको रकमबाट त्यस्तो ऋण भुक्तानी हुन अदालतले मनासिब ठानेमा सो प्रयोजनका लागि आदेश गर्न सक्नेछ ।